कुशलले अबुधाबीबाट टी १० लिग खेल्ने

नेपाली युवा अलराउन्डर कुशल मल्लले पहिलो पटक अब विदेशी क्रिकेट लिग खेल्ने भएका छन् । 

जनवरीमा युएईमा हुने टी १० लिगका लागि उनी अनुबन्धित भएका हुन् । उनलाई अबुधाबीले अनुबन्ध गरेको हो ।

यो टिमका लागि नेपाली क्रिकेटर पारस खड्का इमर्जिङ ट्यालेन्ट मेन्टर रहेका छन् । उनले गत सिजनमा यही टिमबाट खेलेका थिए । 

त्यस्तै, नेपाली क्रिकेटर सोमपाल कामी यो लिगमा मराठा अरेबियन्सबाट खेल्दै छन् । 






  • प्रकाशित मिति : पुस ८, २०७७ बुधबार २३:१४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया