प्रधानमन्त्रीविरुद्ध षड्यन्त्रका कारण राजनीतिक अस्थिरता : मन्त्री रायमाझी

नवनियुक्त ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्रीविरुद्ध षड्यन्त्रका कारण देशमा राजनीतिक अस्थिरता निम्तिएको बताएका छन् । ललितपुरको टौखेलमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओलीको सरकारले मात्रै मुलुक र जनताको हित गर्न सक्ने दाबी गरे ।  

नेपाल कम्युनिष्ट पार्टी नेकपा ललितपुर १ ले आयोजना गरेको क्षेत्रीय भेलामा बोल्दै उनले सरकारको काममा सहयोग गर्न विपक्षीहरुलाई आग्रह गरे । अब आन्दोलनबाट भन्दा सहमतिबाट अघि बढ्दा मुलुकको हित हुने बताए ।   

सो कार्यक्रममा नेकपाको ओली पक्षका केन्द्रीय सदस्यहरु सुशीला नेपाल, हरिकृष्ण व्यञ्जनकार, मोहन बस्नेत, मधुसुदन पौडेल, सुरेन्द्र मोहन शर्मा बजगाईं, नवराज सिलवाललगायतले प्रधानमन्त्री ओलीको बचाउ गर्दै संसद विघटनमा जानु उनको बाध्यता भएको बताएका थिए । 





  • प्रकाशित मिति : पुस ११, २०७७ शनिबार १७:२३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया