मन्त्री बनेपछि एकोहोरो प्रचण्डविरुद्ध प्रभु साह, फेरि भने– प्रचण्डले चिटिङ गरे

नेकपामा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार समूह छाडेर प्रधानमन्त्री केपी शर्मा ओली समूहमा गएकै दिन शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका नेकपा नेता प्रभु साहले पछिल्लो समय लगातार पुष्पकमल दाहाल प्रचण्डविरुद्ध विभिन्न आरोप लगाउँदै आएका छन् । 

यही क्रममा आइतबार पनि मन्त्री साहले प्रचण्डले आफूलाई चिटिङ गरेको आरोप लगाएका हुन् । 

सिरहाको गोलबजारमा भएको नेकपाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रभु साहले यस्तो आरोप लगाएका हुन् । प्रचण्डले आफूमाथि चिटिङ गरेर ओलीविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गराएको साहले आरोप लगाएका हुन् ।

‘म सोध्न चाहन्छु प्रचण्डसँग, मलाई कुन महिनामा के भनेर हस्ताक्षर गराउनु भएको थियो ?’ कार्यक्रममा साहले प्रश्न सोधेका थिए । यसअघि प्रचण्ड निकट नेताका रुपमा चिनिएका साहले देशलाई अस्तव्यस्त बनाउन अहिले प्रचण्ड लागिरहेको पनि बताएका छन् ।





  • प्रकाशित मिति : पुस २०, २०७७ साेमबार २०:५०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया