सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन् ।
केन्द्रमा पार्टी विभाजन भएर दुई समूह बनेपछि दोधारको स्थितिमा रहेका मन्त्री बोहराले पछिल्लो समय केपी शर्मा ओली नेतृत्वको नेकपालाई समर्थन रहेको बताउँदै राजीनामाको घोषणा गरेका हुन् ।
राजनीतिक परिस्थितिका कारण काम गर्न असहज बनेको भन्दै राजीनामा दिएको पत्रकार सम्मेलनमा मन्त्री बोहोराले बताए ।
प्रचण्ड–माधव समूहको बाहुल्य रहेको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीले यसअघि पनि एक मन्त्रीलाई पदबाट हटाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।