संसारकै सबैभन्दा धनी एलन मस्क कसरी पुगे यो ठाउँमा ?

टेस्ला कार । अहिले विश्वभर सबैभन्दा बढी चर्चित इलेक्ट्रिक गाडी हो यो । यही गाडीलाई बनाउन स्थापित भइसकेको कम्पनी बेचेर नयाँ यात्रा सुरु गरेका एलन मस्क अहिले विश्वका सबैभन्दा धनी व्यक्ति भएका छन् । 

ब्लूमबर्गले निकालेको अर्बपतिको सूचीमा अब मस्कको नाम एक नम्बरमा छ । उनको कूल सम्पत्ति १ सय ९५ बिलियन डलर पुगेको बताइएको छ । यसअघि यो सूचीको एक नम्बरमा थिए, जेफ बेजोस । अमेजनका सिइओ बेजोस अब दोस्रो नम्बरमा पुगेका छन् । अनि निकै धेरै वर्ष संसारका सबैभन्दा धनीको सूचीमा रहेका माइक्रोसफ्टका कोफाउन्डर बिल गेट्स अब तेस्रो स्थानमा झरेका छन् ।

आखिर मस्कले कसरी तय गरे त यो यात्रा ? उनी कसरी यहाँसम्म आइपुगे, आउनुहोस्, यसबारे चर्चा गरौँ ।

मस्कसँग अमेरिका, क्यानडा र दक्षिण अफ्रिकाको नागरिकता रहेको छ । टेस्लाका सिइओ मस्क रकेट निर्माता कम्पनी स्पेसएक्सका संस्थापक र प्रमुख डिजाइनर पनि हुन् । 

सन् १९७१ को जुन २८ मा जन्मिएका हुन्, मस्क । इन्जिनियर बाबु र मोडल आमाबाट जन्मिएका मस्कले आमाको माया चाहिँ लामो समयसम्म पाएनन् । उनी नौ वर्षको हुँदा उनकी आमाको निधन भएको थियो । 

उमेरले सानै थिए मस्क, तर सोच र काम उनको निकै राम्रो थियो । उनले ९ वर्षको उमेरमा नै ब्लास्टर नामको एउटा भिडियो गेम बनाएका थिए । अनि त्यही भिडियो गेम बेचेर उनले त्यो उमेरमा नै पाँच सय डलर हात पनि पारेका थिए ।



बाबु इन्जिनियर भएको फाइदा मस्कलाई सानैदेखि पुग्यो । सानैदेखि लगनशील मस्कले बाबुकै काममा सानैदेखि सहभागी हुन पनि पाए । उनको असाधरण क्षमता देखेर बाबु पनि खुसी थिए । १७ वर्षमा मस्क उच्च शिक्षाका लागि क्यानडा गएका थिए । त्यहाँ उनले स्टेनफोेर्ड विश्वविद्यालयमा अध्ययन गरेका हुन् । 

अध्ययन सकिएलगत्तै मस्कले व्यवसायमा लाग्ने निर्णय गरे । उनले भाइसँग मिलेर एउटा सफ्टवेयर कम्पनी खोले । तर, यसलाई लामो समय निरन्तरता दिएनन्, मस्कले । सन् १९९९ मा चाहिँ उनले एक्सडटकम नाममा अनलाइन फाइनान्सियल कम्पनी सन्चालन गरे । एक वर्षमा उनले यसलाई मर्ज गरे र उनको नयाँ कम्पनी भयो, पेपल । 



अहिले पनि विश्वका विभिन्न देशमा अनलाइन कारोबारका लागि सबैभन्दा बढी रुचाइएको प्लेटफर्म हो, पेपल । अनि मस्कको जीवनमा ठूलो परिवर्तन ल्याइदिएको भेन्चर पनि पेपल नै हो ।

विवाहपछि मस्कले अन्तरिक्षमा आफ्नो चासो बढाए । अन्तरिक्षतर्फ बढेको उनको ध्यानमा थपियो, अन्तरिक्ष यात्राका लागि रकेट निर्माण गर्ने सोच । 

नयाँ काम तथा अन्तरिक्षसम्बन्धी खोज गर्ने उद्देश्यले उनी क्यानडा छाडेर अमेरिका पुगे । रकेटसम्बन्धी अध्ययन गर्ने उद्देश्यले उनले यसै समयमा रुसको यात्रा पनि गरे । रुस भ्रमणका क्रममा रकेटबारे जानकारी लिएका उनले रकेट निर्माण गर्ने कम्पनी खोल्ने निर्णय गरे । यो निर्णय नै उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो ।

रकेट निर्माण गर्ने उद्देश्यले उनले यसै समयमा स्पेसएक्स नामक कम्पनी सञ्चालन गरे भने पेपल कम्पनी बेचेर इलेक्ट्रिक कार बनाउनले कम्पनी टेस्ला सञ्चालन गर्ने निर्णय गरे । 

स्पेस एक्स कम्पनीको स्थापनापछि २००६ मा उनले नासाका तर्फबाट अन्तरिक्षमा कार्गो डेलिभरीको ठेक्का पाए । यसलाई उनी जीवनको सफलता मान्छन् ।

त्यसैगरी २०१२ मा उनले इलेक्ट्रिक गाडीका लागि उनले सुपर चार्जरको नेटवर्क तयार पारे भने सर्वाधिक गतिको हाइपर ट्रेनका साथ उनले सर्वाधिक गतिको ट्रेनको खाका तयार पारेका थिए । साथै उनले आफ्नो कामलाई अघि बढाउने उद्देश्यले बोरिङ कम्पनी समेत स्थापना गरे ।

लगातार पाएको सफलताबाट उत्साहित मस्कले अन्तरिक्षमा बस्ती बसाल्ने महत्त्वाकांक्षी योजना अगाडि सारेका पनि छन् । सन् २०२५ सम्म आफ्नो योजनालाई मूर्तरुप दिने गरी स्पेसएक्सले काम गरिरहेको पनि बताइन्छ ।

  • प्रकाशित मिति : पुस २४, २०७७ शुक्रबार १७:३५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया