ओलीको भाषणमा ताली पिट्नेलाई गगनको प्रश्न : तपाईंहरुले जोकर खोजेको कि प्रधानमन्त्री ?
सुवास नेम्वाङ र अग्निसहित खुलामञ्चमा बहस गर्न निम्तो

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीका गतिविधि बेलैमा सच्याएको भए आज दाहाल-नेपाल समूहले सडकमा जानुपर्ने अवस्था नआउने बताएका छन्। 

नेपाली कांग्रेसले संसद विघटनविरुद्ध गरेको काठमाडौं क्षेत्र नम्बर ४ को विरोधसभालाई शनिबार सम्बोधन गर्दै नेता थापाले ओलीका गतिविधि सच्याएको भए दाहाल–नेपालले माइतीघरको सडकमा पुगेर ‘हामी यहाँ छौं’ भन्ने अवस्था नआउने दाबी गरेका हुन्।

‘मैले राष्ट्रपति विद्यादेवी भण्डारीका क्रियाकलापलाई लिएर श्री ६ बडामहारानी भन्दा कहाँ हुनुहुन्थ्यो ? संसद्मा उपसभामुख छैन भन्दै गर्दा कहाँ हुनुहुन्थ्यो ? न्यायाधीश नियुक्तिमा संसदीय अंकगणित प्रयोग नगरौं भन्दा कहाँ हुनुहुन्थ्यो ?', उनले सोधे, 'प्रधानमन्त्रीले किस्ता किस्तामा संविधानलाई धावा बोल्दै गर्दा कहाँ हुनुहुन्थ्यो ? तपाईंको ‘बा’लाई विश्राम दिनुहोस् भन्दा कहाँ हुनुहुन्थ्यो ?

प्रधानमन्त्री ओलीलाई जोकरको संज्ञा दिएका उनले ओलीले भाषण दिँदै गर्दा ताली बजाउनेलाई संयमित भएर सोच्‍न पनि भने। ‘तपाईंहरुले प्रधानमन्त्री खोजेको होकी जोकर खोजेको हो?,’ उनले भने। 

थापाले प्रधानमन्त्रीलाई खुला मञ्चमा आएर बहस गर्न समेत चुनौती दिएका छन्। ‘कमरेड केपी ओलीलाई खुला चुनौती, तपाईँ सुवास नेम्वाङ र अग्नि खरेल बोकेर आउनुस् हामी संविधान जारी गर्ने रामवरण यादव लिएर आउँछौं, खुलामञ्चमा बहस गरौं,’ उनले भने। 

नेता थापाले प्रधानमन्त्री ओलीको सनकले सबैको घरमा आगो लागेको भन्दै अब त्यसलाई निभाउनका सबैले लाग्नुपर्नेमा जोड दिएका छन्।





  • प्रकाशित मिति : पुस २५, २०७७ शनिबार १८:५४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया