‘एउटा यस्तो प्रेम कहानी’ को ट्रेलर रिलिज

नेपाली कथानक चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा केही एक्सन र गीत समावेश गरिएको छ । कलाकारलाई बाक्लै देखाए पनि कलाकारको संवाद भने ट्रेलरमा समावेश गरिएको छैन ।

शिव श्रेष्ठको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ कोरोना कालपछि बन्द भएका सिनेमा हलमा प्रदर्शन हुने पहिलो नयाँ चलचित्र हो ।

चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, संजोग कोइराला, नरेन खड्का, कविता मानन्धर र शक्ति श्रेष्ठले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।

दिपेश सापकोटाले निर्देशन गरेको यो चलचित्रमा दिनेश दर्शनधारी र यशोधा राईले लगानी गरेका हुन् ।

 





  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार १३:३६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया