राडी बजारमा निषेधाज्ञा जारी, घाइते ३ जनालाई नेपालगन्ज रिफर गरियो

मंगलबार रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ स्थित राडी बजारमा भएको कांग्रेस–नेकपा झडपका घाइते ३ जनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुकुम पश्चिमले थप उपचारको लागि नेपालगन्ज रिफर गरेको रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जानकारी दिए । 

पार्टी प्रवेशको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा प्रचण्ड–माधव समूहका युवाबीच भएको झडपमा ५ जना घाइते भएका थिए । तीमध्ये कांगेसनिकट आठबिसकोट नगरपालिका–९ का वडाध्यक्ष तारकबहादुर शाही, तेजविक्रम आरसी र दीपक केसीलाई उपचारका लागि नेपालगन्ज पठाइएको हो । 

अन्य दुईजनाको आठबिसकोट नगर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । उक्त क्षेत्र (राडी बजार)को अवस्था केही सामान्य बन्दै गए पनि पूर्ण रुपमा सामान्य भइनसकेकाले निषेधाज्ञा तत्काल नखुल्ने सहायक प्रजिअ पुनले बताए । 






  • प्रकाशित मिति : माघ ७, २०७७ बुधबार १८:३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया