प्रचण्डलाई बादलको चुनौती : मतपत्र नच्याती चितवनबाट चुनाव जितेर देखाउनू

नेपाल कम्युनिष्ट पार्टी ओली समूहका नेता रामबहादुर थापा बादलले दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मतपत्र नच्याती चुनाव जितेर देखाउन चुनौती दिएका छन्। 

ओली समूहले चितवनमा शनिबार गरेको जनसभालाई सम्बोधन गर्दै उनले दाहाललाई मतपत्र नच्याती चुनाव जितेर देखाउन चुनौती दिएका हुन्। 'अवसरवादी र फुटवादीहरुले एउटा घोषणा गरेका छन्। प्रतिनिधिसभाको बैठक राखेर प्रधानमन्त्रीलाई निष्काशन गर्ने घोषणा गरेका छन्', उनले भने, 'उनीहरुले पार्टी अध्यक्ष (ओली) लाई कथित केन्द्रीय समितिको बैठक राखेर निकालेको भनेका छन्। उनीहरु यो देशमा अस्थिरता सिर्जना गरेर उनीहरु प्रतिगमनलाई पुन:स्थापना गर्न चाहन्छन्।'

चितवनको जनसभाले उनीहरुले विराटनगरमा गरेको घोषणाको पनि जवाफ दिएको उनले बताए। 'हामीले निर्वाचन जितिसकेका छौं, यस जिल्लाका अवसरवादीहरुलाई पनि आग्रह छ निर्वाचनमा आउनुस्। प्रधानमन्त्री हुने अवसर यो निर्वाचनले दिनेछ', उनले दाहालप्रति लक्षित गर्दै भने, 'आउनुस्, फेरि पार्टीमा फर्किनुस्, निर्वाचन जित्नुस्। मतपत्र च्यात्न आवश्यक छैन।'

उनले जनयुद्धमा होमिएका योद्धाहरुलाई धोका नदिएको पनि बताए। 'हामीले तिनीहरुलाई बेवास्ता गर्‍यौँ भन्ने आरोप लगाइएको छ। युद्धका नाइकेहरूका ती आरोपहरू हामीले सुन्यौँ । तीन तीन पटक प्रधानमन्त्री हुँदा ती युद्धका घाइते सहिद परिवारहरु योद्धाहरुको निम्ति के गर्नु भयो?', उनले सोधे, 'यो सरकारको नेतृत्वमा गृहमन्त्रीको हैसियतले भन्छु म योद्धाहरूबारे महत्वपूर्ण निर्णय गरेको छ। उनीहरुको सम्मानका लागि राम्रो निर्णय गरेको छ।'





  • प्रकाशित मिति : माघ १७, २०७७ शनिबार १६:३१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया