बाग्मती सफाइमा नीता ढुंगाना (फाेटाेफिचर)

अभिनेत्री नीता ढुंगाना बाग्मती सफाइ महाअभियानमा देखिएकी छिन् । यो अभियानले ४ सय ३ हप्ता पूरा गरेपछि नीता बाग्मती सफाइमा देखिएकी हुन् ।

राष्ट्रका लागि हप्तामा दुई घण्टा भन्ने नारासहित सुरु भएको अभियानमा सहभागी भएर नीताले अभियन्तालाई साथ दिएकी छिन् । उनले सफाइ अभियानमा खोलाभित्र पसेर फोहर निकाल्दै गरेका तस्बिर सामाजिक सञ्जाल फेसबुमा सेयर समेत गरेकी छिन् ।

बाग्मती सफाइ अभियानमा २ घण्टा साथ दिएकी नीताले अभियानमा सहभागी हुन पाउँदा गर्व लागेको समेत उल्लेख गरेकी छिन् । कुनै समिति, कोष र पदाधिकारी नभएको यो अभियानको लक्ष्य पवित्र भएको भन्दै नीताले अबका दिनमा अभियानमा निरन्तर सहभागी हुने समेत बताएकी छिन् । 



 



  • प्रकाशित मिति : माघ १८, २०७७ आइतबार १८:१२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया