टि-१० लिग : उपाधिका लागि देल्ली बुल्स र नर्दन वारियर्स भिड्दै

युएईमा जारी टि-१० लिग क्रिकेट प्रतियोगितामा आज उपाधिका लागि देल्ली बुल्स र नर्दन वारियर्स भिड्दैछन् । फाइनल खेल राति पौने १० बजे अबुधाबीमा हुनेछ । 

त्यसअघि तस्रो स्थानका लागि पारस खड्का र कुशल मल्ल आवद्ध टिम अबुधाबीको र कलन्डर्स आमनेसामने हुँदैछन् । शेख जायद रंगशालामा सात बजे उनीहरुको खेल हुँदैछ । 

शुक्रबार भएको पहिलो प्लेअफमा वारियर्सलाई ५ विकेटले पराजित गर्दै देल्लीले फाइनलमा स्थान बनाएको हो । यस्तै, पहिलो इलिमिनेटरमा अबुधाबीले कलन्डर्सलाई ६ विकेटले पराजित गरेको थियो । 

तर, दोस्रो इलिमिनेटरमा अबुधाबीको प्लेअफमा देल्लीसँग हारेको वारियर्ससँग ७ विकेटले पराजित भयो । यससँगै वारियर्सले उपाधिका लागि देल्लीसँगको खेल पक्का गरेको हो । 





  • प्रकाशित मिति : माघ २४, २०७७ शनिबार ९:१३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया