कांग्रेस नेताहरुको एउटै स्वर : अरु दलसँग मिलेर आन्दोलनमा जाँदैनौँ

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेस संयुक्त आन्दोलनको पक्षमा नरहेको बताएका छन् । सोमबार पूर्वप्रधानमन्त्री सुशील कोइरालाको छैटौँ स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने बताएका हुन् । 

सुशील कोइराला सोसलिस्ट युथ सर्कलले आयोजना गरेको ‘संकटमा संविधान’ विषयक विचार गोष्ठीमा बोल्दै महामन्त्री कोइरालाले कांग्रेसले आफ्ना कार्यकर्तालाई एकजुट बनाएर लिएर जान सके मात्रै कांग्रेसको भविष्य उज्ज्वल हुने बताए ।

नेपाली कांग्रेसको आफ्नै विचार र अस्तित्व भएको बताउँदै उनले संयुक्त आन्दोलनमा जाँदा कांग्रेसलाई उल्टै घाटा हुने दाबी गरे । 

कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजालले संसद् विघटनअघिसम्म एकै ठाउँमा बसेका मान्छेहरु अहिले विभक्त भएकाले कुनै एकको पक्षमा कांग्रेस नलाग्ने स्पष्ट पारे ।

जनताले केपी ओलीलाई संसद्, संविधान र कानुनको अधीनमा बसेर शासन गर्न पठाएको, तर चुनाव जितेपछि उनमा कानुन, संविधान, अदालत केही नमान्ने प्रवृत्ति देखिएको आरोप लगाए । प्रधानमन्त्री ओलीको मानसिकता अहिलेको समस्याको मुख्य जड रहेको उनको भनाइ थियो । 





  • प्रकाशित मिति : माघ २६, २०७७ साेमबार १८:४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया