'विघटन र संवैधानिक नियुक्ति संविधानवादमाथि नांगो हस्तक्षेप'

संविधानविद् डा. भीमार्जुन आचार्यले प्रतिनिधिसभा विघटन र संवैधानिक आयोगमा भएको नियुक्तिलाई संविधानवादमाथिको नांगो हस्तक्षेप रहेको बताएका छन् ।

गैरकानुनी ढंगले सिफारिस गरिएका व्यक्तिलाई आयोगमा अनुमोदन गरिएको भन्दै त्यसो गर्नु संविधानवादमाथिको प्रहार भएको उनको भनाइ थियो ।

संविधान निगरानी समूहद्वारा मंगलबार राजधानीमा आयोजित ‘वाक्स्वतन्त्रता र संविधानवादउपर बढ्दो चुनौती र तिनको संरक्षणको लागि सम्भावित आयामहरू’ विषयक अन्तरक्रियामा आचार्यले वर्तमान सरकार संविधान च्यात्न उद्यत भएको जनाए ।

वाक्स्वतन्त्रताको विषयमा बोलेका आचार्यले अदालतमा विचाराधीन विषयमा बोल्न पाइँदैन भनेर संसारको कुनै आधुनिक शास्त्रले नभन्ने तर्क गरेका थिए ।

‘अदालतमा विचाराधीन विषयमा बोल्न पाउँदैन भनेर संसारको कुनै पनि आधुनिक शास्त्रले भन्दैन,’ उनले भने, ‘संवैधानिक कानुनको विकास नै स्वस्थ बहस र छलफलबाटै हुन्छ । राष्ट्रिय सरोकारका विषयमा जति पनि स्वस्थ बहस, छलफल हुन सक्छ ।’

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्कीका साथै सांसदहरु रामनारायण बिडारी, राधेश्याम अधिकारीलगायत कानुनसँग सम्बन्धित व्यक्तिको उपस्थिति छ ।





  • प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार १७:८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया