प्रदेश सभाको कार्यसूचीमा मुख्यमन्त्रीविरुद्द अविश्वास प्रस्ताव : बैठक भने सुरु हुन सकेन

गत माघ २५ गते प्रदेश १ को बैठकमा अविश्वास प्रस्ताव पेस गर्ने कार्यसूची तय भए पनि बैठक भने दुई मिनेट बसेर स्थगित भयो । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव टेबल हुने भएपछि नेकपा ओली समूहका सांसदहरुले सभा अवरुद्ध गरेका थिए ।

सभामा होहल्ला भएपछि फागुन ९ गते २ बजेसम्म स्थगित भएको प्रदेश सभाको बैठक भने अझै सञ्चालन हुन सकेको छैन । आज २ बजेका लागि तय गरिएको बैठकको कार्यसूचीमा मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमै छलफल गर्ने उल्लेख गरिएको छ ।

कार्यसूची आए पनि बैठक अगाडि बस्ने गरिएको प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतकहरु रहेको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको छैन ।

आइतबारको बैठकमा यो समाचार तयार पर्दासम्म कुनै मन्त्री र सरकार पक्षीय प्रदेश सभा सदस्य उपस्थित छैनन् । अविश्वास प्रस्ताव खारेज नभए बैठक चल्न नदिने अडान राख्दै आएका सत्ता पक्षीय सांसदहरु मुख्यमन्त्री कार्यालयमा छलफलमा रहेको बुझिएको छ ।

गत माघ २५ गते पाँच घण्टा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपा प्रचण्ड-माधव समूहले अविश्वासको प्रस्ताव पेस गर्नुपर्ने अडान लिएका थिए भने ओली समूहले मुख्यमन्त्रीले कारबाही गरेका १६ सांसद बैठकमा सहभागी हुन नपाउने माग गरेका थिए । बैठकमा दुवै समूहबीच सहमति हुन सकेको थिएन ।





  • प्रकाशित मिति : फागुन ९, २०७७ आइतबार १५:०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया