पछिल्लो २४ घण्टामा देशभर ११० कोरोना संक्रमित भेटिएका छन् भने ४ को मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ११० जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा मृत्यु भएका ४ जना सहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६५ पुगेको छ ।
गत २४ घण्टामा १०२ जना संक्रमित कोरोनामुक्त भएका छन् । यससँगै निको हुनेको संख्या २ लाख ७० हजार ६८ पुगेको छ ।
अहिले सक्रिय संक्रमितको संख्या १ हजार ५३३ रहेको छ भने ६५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।