नयाँ अन्तरिक्ष यात्रीका लागि यूरोपियन स्पेस एजेन्सीद्वारा आवेदन माग, दिव्यांगका लागि पनि अवसर

स्पेस साइन्समा करियर बनाउनेका लागि एक सुनौलो अवसर सिर्जना भएको छ । १३ वर्षपछि यूरोपियन स्पेस एजेन्सीले अन्तरिक्ष यात्रीको खोजी गरेको छ । सन् २००८ पछि अब पहिलोपटक यूरोपियन स्पेस एजेन्सीले नयाँ एस्ट्रनटका लागि आह्वान गरेको छ । 

यूरोपको पुराना अन्तरिक्ष यात्रीको उमेर धेरै भएकाले युवा अन्तरिक्ष यात्रीको खोजी गरिएको हो । अन्तरिक्ष यात्रामा आफूलाई स्थापित गर्न चाहनेका लागि आवेदन आह्वान गरिएको हो । 

यदि तपाई स्वस्थ तथा अन्तरिक्षा यात्रामा आफ्नो भविष्य देख्न चाहनुहुन्छ भने यस आवेदन गर्न सक्नुहुनेछ । अन्तरिक्षयात्री छनोट भइसकेपछि तीन सातासम्म क्याविङ र व्यवहारिक भू–विज्ञानको कोर्ष अध्ययन गराइनेछ । 

सबैभन्दा पहिले छनोट भएका नयाँ अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा पठाइनेछ । त्यसपछि २०२० को दशकको अन्त्यमा या २०३० को मध्यतिर चन्द्र मिसनका लागि उनीहरुलाई पठाइने बताइउको छ । एजेन्सीले व्यवसायिक अन्तरिक्ष यात्रीलाई यस भर्ती प्रक्रियामार्फत छनोट गरिने जनाएको छ । 

यूरोपियन स्पेस एजेन्सीका तर्फबाट यसपटक अन्तरिक्ष यात्रीका लागि खास आवेदनको श्रेणी राखिएको छ । यसमा शारीरिक रुपमा अक्षम मानिसहरु पनि आवेदन दिन सक्नेछन् ।

दिव्यांगका लागि पनि यस पटकदेखि पाइलट प्राजेक्ट सुरु गरिएको छ । उचाई कम भएका अथवा शरीरको कुनै अंगमा विकार भएका मानिसका लागि पनि आवेदन भर्नका लागि अवसर प्रदान गरिएको छ । यसैकारण पनि अन्तरिक्ष विज्ञानसँग जोडिने यो सुनौलो मौका भएको एजेन्सीले जनाएको छ । 



आवेदनका लागि अन्तरिक्ष क्षेत्रको अनुभव जरुरी नभए पनि हुने भएको छ । उम्मेदवारलाई प्राकृतिक विज्ञान, चिकित्सा,प इन्जिनियरिङ गणित, कम्प्यूटर साइन्समा स्नात्तकोत्तर पास गरेको भने हुनुपर्नेछ । साथै अभ्यासमा पनि पूर्ण रुपमा सक्षम हुनुपर्ने बताइएको छ । यसका साथै अंग्रजी भाषमा पोख्त भएको हुनुपर्नेछ । 

अन्तरिक्ष विज्ञानमा प्रेशर भने अधिक हुन्छ । यसैकारण पनि यस कामका लागि प्रेशरमा रहेर पनि काम गर्नसक्ने क्षमता आवश्यक हुन्छ । ब्रिटेनकी विज्ञानमन्त्री अमान्डा सोलेवेले अन्तरिक्ष यात्री बन्नु कैयौं मानिसहरुको सपना भएको बताएकी छन् ।



‘सन् २०१५ मा अन्तरिक्षको ऐतिहासिक मिशन ब्रिटिसका जनताले हेरेका थिए । यो बाँकी मानिसहरुका लागि पनि वास्तविक बन्नसक्छ । यसकारण नयाँ पुस्तालाई यस आवेदनलाई भर्नु आवश्यक छ । एस्ट्रनट बन्ने मौकाको सदुपयोग गर्नुहोस् ।’ 

यस स्पेस एजेन्सीबाट १९८९ मा हेलेन शरमन पहिलो ब्रिटीस अन्तरिक्ष यात्री बनेकी थिइन् । उनको छनोट यूके र सोभियत संघको संयुक्त मिशनमा भएको थियो । 
 

  • प्रकाशित मिति : फागुन १७, २०७७ साेमबार २२:१२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया