logo-img

तातोपानी नाकाबाट पहिलोपटक नेपालमा रासायनिक मल

उत्तरी सीमा नाका तातोपानीबाट पहिलोपटक नेपालमा रासायनिक मल भित्रिएको छ ।

तातोपानी नाकाबाट यसअघि खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक तथा अन्य सामग्री आयात हुने गरेको भए पनि यो साता भने ४ हजार टन रासायनिक मल भित्रिएको छ । साल्ट ट्रेडिङको लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले रासायनिक मल भित्र्याएको हो ।

चीनको सिगात्सेसम्म रेल र त्यहाँबाट कन्टेनरमार्फत मल ल्याइएको हो । तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले गत फागुन २३ गते पहिलोपटक सो नाकाबाट रासायनिक मल नेपाल भित्रिएको बताए । 

अहिलेसम्म २ सय ८० टन युरिया मल आइसकेको छ । हरेक दिन ४÷५ वटा कन्टेनरमा रासायनिक मल आइरहेको खत्रीले जानकारी दिए ।

आयात गर्दा प्रयोग हुने कन्टेनरको सुविधा राम्रो भए एक महिनामा सबै मल आइसक्ने उनको भनाइ छ ।

उत्तरी नाकाबाट पनि रासायनिक मल ल्याउन सके किसानहरुले समयमै प्रयोग गर्न पाउने भएपछि रासायनिक मल आयात गरेको सिल्क ट्रान्सपोर्टका अध्यक्ष रमेश शेर्पाले बताए ।



कम्पनीले प्रति मेट्रिकटन करिब २० करोड नेपाली रुपैयाँमा मल ल्याएको छ । चीनबाट ५ दिनमा नाकासम्म र ७ दिनभित्र काठमाडौंसम्म मल ल्याउन सकिने अध्यक्ष शेर्पाले बताए ।



  • प्रकाशित मिति : फागुन २९, २०७७ शनिबार २०:३८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया