न्याय सेवाका दुई सहसचिवको सचिवमा बढुवा
फाइल तस्बिर

न्याय सेवातर्फको दुई सहसचिव सचिवमा बढुवा भएका छन् । न्याय सेवा आयोगले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको जनाएको छ । 

न्याय सेवा आयोगको बिहीबार बसेको बैठकले सह महान्यायाधिवक्ता श्याम कुमार भट्टराई र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव तोयानाथ अधिकारीलाई राजपत्राङ्कित विशिष्ट श्रेणी सचिवमा बढुवा गरेको हो ।

सचिवमा बढुवा भएसँगै भट्टराईलाई महान्यायधिवक्ताको कार्यालयको नायव महान्यायाधिवक्ता र अधिकारीलाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदस्थापन गरिएको पनि आयोगले जनाएको छ ।

बैठकले कानुन सचिवमा सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई सरुवा गरेको छ । 

तत्कालीन सचिव ऋषिराज भण्डारी न्यायाधीशमा सिफारिस भएपछि आयोगले रिक्त सचिव पदमा सापकोटालाई पठाएको हो । त्यसैगरी बैठकले सरकारी वकिल समूहका केही कर्मचारीको पनि सरुवा गरेको छ ।





  • प्रकाशित मिति : चैत ६, २०७७ शुक्रबार ७:३९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया