गगनमाथि गोकुल बास्कोटाको प्रहार : ढाडे बिरालो जस्तो गफ दिएछन्

नेपाली कांग्रेसका नेता गगन थापाको अभिव्यक्तिमाथि पूर्वमन्त्री गोकुल बास्कोटाले कडा प्रहार गरेका छन्। थापाले शुक्रबार पोखरामा पुगेर नेकपाबाट निर्वाचित भएका जनप्रतिनिधिलाई हटाउनु पर्ने तर्क गरेका थिए। कांग्रेस निकट नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको गण्डकी प्रदेश भेला एवं अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै थापाले यस्तो अभिव्यक्ति दिएका थिए। 

उनले सर्वोच्च अदालतको फैसलापछि नेकपा नामको पार्टी नरहेकोले नेकपाबाट निर्वाचित सांसद, वडाध्यक्ष, वडासदस्य लगायत सबैको पद मरेको तर्क गरेका थिए। कांग्रेसले तीनलाई जनप्रतिनिधि नमान्ने र बिदाइ गर्नुपर्ने थापाको भनाइ थियो। 

यस भनाइमाथि प्रतिक्रिया दिँदै बास्कोटाले थापाको अभिव्यक्ति यो घरका सबै मरे भने कुँडेभरिका दूध म एक्लै खाने थिएँ भन्ने ढाडे बिरालोको जस्तै भएको बताएका हुन्। ओलीको हस्ताक्षर र सूर्य चिन्हबाट जितेकाले ती ओलीकै पार्टीमा रहने तर्क बास्कोटाको छ। 

ओली सरकारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका बास्कोटाले सेक्युरिटी प्रेस खरिद प्रकरणमा ठूलो कमिसन रकम बार्गेनिङ गरेको अडियो बाहिरिएपछि पदबाट राजीनामा दिएका थिए। 





  • प्रकाशित मिति : चैत ६, २०७७ शुक्रबार १७:१९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया