विजय लामाकाे आक्रोश : कुलमान हुँदा नलागेको सुख्खा याम अहिले कसरी ?
फाइल तस्बिर

नेपाल एअरलाइन्सका वरिष्ठ पाइलट विजय लामाले नेपाल विद्युत प्राधिकरण देशमा बिस्तारै लोडसेडिङ गर्ने दिशातर्फ उन्मुख भएको बताएका छन् । अहिले लोडसेडिङ सुरु नै भइसकेको भन्दै लामाले यो बिस्तारै बढ्दै जाने बताए । 

सामाजिक सञ्जालमार्फत प्राधिकरणमाथि आक्रोश पोखेका छन् । कारण देखाउँदा सुख्खा याम भएकोले पानीको सतह घटेर भन्ने गर्छन् प्राधिकरणको हाकिम साबले भन्दै उनले आक्रोश पोखेका छन् । 

प्राधिकरणलाई लामाको प्रश्न छ, 'के कुलमान घिसिङको पालामा चाँही सुख्खा याम लागेन ? अनि पानी टन टना टन हुन्थ्यो हो ? प्रकृति अनि भाग्यले मात्र साथ दिएको हो त कुलमानलाई ?'

अबको केही समयमा इन्भर्टर अनि जेनेरेटर माफियाहरु सल्बलाउने उनले अनुमान गरेका छन् । यही अवस्था जारी रहे अब फेरि जनता र देशलाई पुरानै अवस्थामा पुर्याउन सक्ने लामाको भनाइ छ । 

लामा लेख्छन्, 'अबको केही समयपछि फेरि इन्भर्टर अनि जेनेरेटर माफियाहरु सल्बलाएर आउदैंनन् अनि जनतालाइ पुरानै ठाउमा पुराउँदैनन् भन्न सकिन्न । यही चालाले पुर्याउनु समय लाग्दैन ।' 

अहिले जनताले जे पनि चुपचाप सहने भइसकेको लामाको भनाइ छ । जे पनि चुप लागेर सहने भएकाले जनता भनेको के हो पनि बुझ्नै गाह्रो भैसकेको उनले बताए । 



लामा थप लेख्छन्, 'हुन त के नै गर्न या बोल्न सकिन्छ, जुन देशमा शीर्ष नेताहरुलाई झगडा गर्नमा नै फुर्सद छैन । झैझगडा गर्न रोकेर देश विकासका काम कुरा पो गर्ने कि ?'

फेरि लोड शेड्डिङ सुरु हुन थालिसक्यो। बिस्तारै समय अवधी बडाउदै जाँदै छ! कारण देखाउदा सुख्खा याम भएकोले पानीको सतह घटेर...

Posted by Vijay Lama on Friday, March 19, 2021


  • प्रकाशित मिति : चैत ७, २०७७ शनिबार ९:२९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया