logo-img

रासायनिक मल कारखाना खोल्ने प्रस्ताव मन्त्रिपरिषद्‍बाट स्वीकृत

सरकारले मल कारखाना स्थापना गर्ने प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत गरेको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पेश गरेको उक्त प्रस्ताव बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो।

वर्षेनि रासायनिक मलको अभावमा नेपाली किसानहरुले भोग्दै आएको समस्याको दीर्घकालिन समाधानका लागि सरकारले मल कारखाना स्थापना गर्न लागेको कृषिमन्त्री अर्यालले जानकारी दिइन्। 

मन्त्रिपरिषद्ले नेपालमा रासायनिक मल कारखाना स्थापना र सञ्चालनसम्बन्धी अध्ययन प्रतिवेदन, २०७७ स्वीकृत गर्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई रासायनिक मल कारखाना स्थापना गर्न स्वीकृति दिएको हो। 

‘मलको तत्कालीन समस्या समाधान हामीले गरिसकेका छौँ। दीर्घकालिन समस्या समाधान गर्ने हेतुले सरकारले मल कारखाना स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ’, मन्त्री अर्यालले भनिन्, ‘यस वर्ष मल अभावमा किसानहरू छटपटाउनुपर्ने छैन, उत्पादन घट्ने छैन। मध्यकालीन समस्या समाधानमा प्रक्रिया अघि बढाएका छौँ।’

सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडालिटीमा नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आवश्यक कार्यविधि तयार गर्नेछ।

रासायनिक मल कारखानाको पूर्वाधार निर्माण गर्न सरकारले लगानी बोर्डको कार्यालयलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ।





  • प्रकाशित मिति : चैत १३, २०७७ शुक्रबार १८:१५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया