एकदिवसीय सिरिजमा इंग्ल्याण्डको कमब्याक, भारतमाथि ६ विकेटको जित

भारतविरुद्धको ३ खेलको एकदिवसीय सिरिजमा इंग्ल्याण्डले कमब्याक गरेको छ । इंग्ल्यान्डले घरेलु टिम भारतविरुद्धको दोस्रो एकदिवसीयमा शानदार जित निकालेको छ ।

पुनेमा शुक्रबार भएको खेलमा इंग्ल्यान्डले ६ विकेटको जित निकालेको हो । इंग्ल्यान्डले भारतबाट पाएको ३ सय ३७ रनको विशाल लक्ष्य ४३ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।

इंग्ल्यान्डको जितमा जोनी बेयर्स्टोले १ सय १२ बलमा १ सय २४ रनको शतकीय पारी खेले । बिस्फोटक ब्याटिङ गरेका बेन स्टोक्सले ५२ बलमा ९९ रन बनाउँदा जासन रोयले ५५ रनको अर्धशतकीय पारी खेले ।

इंग्ल्यान्डका लियाम लिभिङस्टोनले अविजित २७ रन बनाउँदा डेविड मालनले अविजित १६ रन बनाए । भारतका लागि प्रसिद्ध कृष्णले २ विकेट लिए । भुवनेश्वर कुमारले १ विकेट लिए ।

यसअघि, पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ३६ रन बनायो । भारतका लागि केएल राहुलले सर्वाधिक १०८ रन बनाए । ऋषभ पन्तले ७७ रन बनाउँदा कप्तान विराट कोहलीले ६६ रनको अर्धशतकीय पारी खेले ।

भारतका लागि हार्दिक पाण्डेयले ३५ रन जोड्दा रोहित शर्मा २५ रनमा आउट भए । कुर्नाल पाण्डेय १२ रनमा अविजित रहे । इंग्ल्यान्डका टम करण र रिची टोप्लेले २/२ विकेट लिए । आदील राशिद र साम करणले १/१ विकेट लिए ।



दोस्रो खेलमा जितसँगै इंग्ल्यान्डले भारतविरुद्धको ३ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो खेलमा भारत विजयी भएको थियो । 



  • प्रकाशित मिति : चैत १४, २०७७ शनिबार ८:५५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया