पत्रकार महासंघ निर्वाचन : अध्यक्षमा ५ जनाको उम्मेदवारी, युनियनमा विद्रोह !

नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशनमा अध्यक्ष पदमा ५ जनाको उम्मेदवारी परेको छ । प्रेस चौतारीको नेतृत्वमा एउटा प्यानल, प्रेस युनियनको नेतृत्वमा अर्को गरी दुईवटा प्यानल बनेका छन् । 

चौतारी नेतृत्वको प्यानलबाट अध्यक्षमा वरिष्ठ पत्रकार निर्मला शर्माले उम्मेदवारी दिएकी छन् । युनियन नेतृत्वको प्यानलबाट विपुल पोख्रेल अध्यक्षको उम्मेदवार बनेका छन् । युनियनबाट रामप्रसाद दाहालले विद्रोह गर्दै अध्यक्षमा उम्मेदवारी दिएका छन् । 

अध्यक्ष पदमा स्वतन्त्र रुपमा गजेन्द्रसिंह बुढाथोकीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, दीपक पाठकले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् । दाहाल नेतृत्वको युनियनको विद्रोही समूहले अन्य पदाधिकारीमा पनि उम्मेदवारी दिएको छ । 

युनियन नेतृत्वको संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम र महासचिवमा रोशन पुरीले उम्मेदवारी दर्ता गराएका छन् । 

यस्तै, खुला सचिवमा गोविन्द चौलागाईं, महिला सचिवमा सिर्जना अर्याल, आदिवासी, जनजाति सचिवमा नारायण किलम्बु, मधेशी सचिवमा दीपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विकले उम्मेदवारी दर्ता गराएका छन् । चैत २५ गते हुने निर्वाचनका लागि कोषाध्यक्षमा कलेन्द्र सेजुवाल उम्मेदवारी दर्ता गराउँदा लेखा समितिको संयोजकमा लेखनाथ न्यौपाने उम्मेदवारी दर्ता गराएका छन् । 

यस्तै, प्रगतिशील–व्यावसायिक–समावेशी–राष्ट्रवादी समूहका तर्फबाट वरिष्ठ पत्रकार निर्मला शर्माले अध्यक्षमा उम्मेदवारी दिएकी छन् । महासंघको इतिहासमा हालसम्म महिला अध्यक्ष भएका छैनन् । प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल, जनपत्रकार संगठन नेपाल र मिडिया नेपालको समर्थनमा सञ्चारिका समूहका पूर्वअध्यक्ष रहेकी शर्माले उम्मेदवारी दिएकी हुन् ।



उक्त समूहबाट वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, उपाध्यक्ष महिलामा दाना केसी, उपाध्यक्ष समावेशीमा अवदेशकुमार झा, महासचिवमा बालकृष्ण बस्नेत, सचिव खुल्लामा रामकृष्ण ज्ञवाली, सचिव महिलामा निमा काफ्ले, सचिव आदिवासी जनजातिमा शाहीमान राई, सचिव मधेसीमा श्वेता सिन्हा, सचिव दलितमा मधु शाही, सचिव एशोसिएटमा रामेश्वर कार्की, कोषाध्यक्षमा कृष्ण गिरी र लेखा समिति संयोजकमा द्वारिका काफ्लेले उम्मेदवारी दिए ।

स्वतन्त्र रुपमा खुल्ला उपाध्यक्षमा ध्रुव लम्साल, समावेशी उपाध्यक्षमा शीतलप्रसाद महतो, महासचिवमा राजेश मिश्र र सुबोध गौतम तथा कोषाध्यक्षमा प्रकाश थापा, दिलिप पौडेल, माधव दुलाल र मिन बहादुर बमले पनि उम्मेदवारी दिएका छन् । 



यस्ताे छ उम्मेदवारहरुकाे नामावली

  • प्रकाशित मिति : चैत १५, २०७७ आइतबार १०:२५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया