रंगहरुमा घोलिएको हरिहर-नीता प्रेम

अभिनेत्री नीता ढुंगानाको प्रेम ज्योतिष हरिहर अधिकारीसँग निक्कै झाङ्गिएको देखिन्छ । आफ्नो प्रेम सम्बन्धलाई रहेर मौन रहेको यो जोडीले प्रेम प्रष्ट्याउने थुप्रै कृयाकलाप गर्दै आएका छन् ।

आफूहरु प्रेममा रहेको कुरा खुलेर स्वीकार गर्न नसके पनि हरिहर र नीताले खुलेर होली खेलेका छन् । काठमाडौंको एक रेस्टुरेन्टमा होली मनाएका उनीहरु निक्कै खुलेका देखिन्छन् ।

होली खेल्ने क्रममा पनि नीता र हरिहरले आफूहरु मित्र मात्रै रहेको बताउन भ्याएका छन् । उनीहरुले एक साथ भने, ‘हामीहरुबीच बलियो मित्रता छ । एकसाथ थुप्रै प्रोजेक्टमा काम गर्दै छौँ ।’

उक्त भेटमा उनीहरुले एकले अर्काको प्रशंसा समेत गर्न भ्याए । हरिहर र नीता दुवैलाई दुवैको सकारात्मक सोच मन परेको बताए । नीताले हरिहरसँगको भेटपछि आफू धार्मिक भएको समेत बताएकी छन् ।

हरिहर र नीताले वैशाखमा बिहे गर्ने चर्चा पनि सुरु भएको थियो । तर, उनीहरुले बिहेको कुरा अस्वीरकार गरेका छन् । तर, वैशाखमा केही शुभ समाचार भने दिने हरिहर–नीताले बताए ।  धेरैको भाग्य हेरेर बिहेको मिति तोकिदिने हरिहर आफ्नो प्रेमलाई स्वीकार्ने पनि समय हेरेर बसेको फिल्मी सर्कलमा कुरा चल्न थालेको छ ।

नीता र हरिहर सँगसँगै केही प्रोजेक्टमा देखिँदैछन् । केही समयमा नीताको निर्देशनमा ‘हरिहर अधिकारी सो’ प्रसारण हुने भएको छ । उनीहरुले सँगै मिलेर ‘श्रीमद्भागवत गीता’नामक वेब सिरिज निर्माण गर्दैछन् । यो वेब सिरिज सकिएपछि चलचित्र निर्माणमा लाग्ने उनीहरुले बताए ।





  • प्रकाशित मिति : चैत १६, २०७७ साेमबार १६:५०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया