नीताको निर्देशनमा ‘श्रीाद्भागवत गीता’

अभिनेत्री नीता ढुंगाना अब निर्देशक बन्ने भएकी छन् । नीताले चलचित्र निर्माण तथा निर्देशन गर्ने समाचार केही समय अघि नै बाहिरिएको थियो । तर, अब भने नीताले आफू निर्माता तथा निर्देशक बन्न लागेको खबर औपचारिक रुपमै घोषणा गरेकी छन् ।

नीताको निर्माण तथा निर्देशनमा वेभ सिरिज ‘श्रीाद्भागवत गीता’को औपचारिक घोषणा गरिएको छ । सिरिजको घोषणासँगै यसको सांगीतिक टिम पनि सार्वजनिक भएको छ । नीता फिल्मसको ब्यानरमा निर्माण हुन लागेको सिरिजमा शीतल गिरीको शब्द तथा पुष्पनको स्वर र संगीत सुन्न सकिने छ ।

४५ भाग निर्माण हुन लागेको सिरिज सात सय श्लोकबाट बन्ने छ । सिरिजमा महाभारतको कृष्ण र अर्जुनको पाटो मात्रै समावेश गरिने नीताले बताएकी छन् । रामजी लामिछानेको कोरियोग्राफी रहने सिरिज बनिष शाहले सम्पादन गर्नेछन् ।





  • प्रकाशित मिति : चैत २३, २०७७ साेमबार १२:९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया