logo-img

एलिना र प्राञ्जल को 'दिलको सर्किट'

गायिका एलिना चौहान र गायक प्राञ्जल पोख्रेलको नयाँ गीत सार्वजनिक भएको छ । एलिना र प्राञ्जलको युगल गायन रहेको ‘दिलमा सर्किट बनेर’ बोलको गीत सार्वजनिक भएको हो ।

सार्वजनिक गीत भिम बिसीले लेखेका हुन् । सागर अधिकारी ‘सरद’ले संगीत भरेको गीतमा उदयराज पौडेलले संगीत संयोजन गरेका हुन् ।

गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । सुरेन्द्र बसेलले निर्देशन गरेको भिडियोमा उषा उप्रेती, डिमोन क्षेत्रीका साथमा गायक प्राञ्जल ​पोखरेलले अभिनय गरेका छन् ।

रोमान्टिक शैलीमा निर्माण गरिएको गीतको भिडियो मायालु इन्टरटेनमेन्टले बजारमा ल्याएको हो । रामकुमार केसीले खिचेको भिडियो नविन निरौलाले सम्पादन गरेका हुन् । 





  • प्रकाशित मिति : चैत ३०, २०७७ साेमबार ८:५६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया