’राजालाई धोका दिएर पाखा लगाए, लोकतन्त्रका नाममा लुट मच्चाए’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक दलहरुले लोकतन्त्रको नाममा लुट मच्चाएको आरोप लगाएका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका हुन् । 

तत्कालीन समयमा राजा र आन्दोलनकारी दलहरुबीच सम्झौता भएर आन्दोलनको अन्त्य भएपनि दलहरुले राजालाई धोका दिएको अध्यक्ष थापाको भनाइ छ । 

वि.सं. २०६३ साल वैशाख ११ गते भएको सम्झौताअनुसार राजाले दलहरुलाई सत्ता हस्तान्तरण गरेको थापाले सम्झिए । तर, आन्दोलनकारी दलहरुले धोखा दिएर राजसंस्थालाई पाखा लगाएको थापाको आरोप छ । 

सम्झौता भन्दा बाहिर गएर राजालाई धोखा दिएका दलहरुले अहिले लोकतन्त्रको आवरणमा ब्रम्हलुट मच्चाएको थापाको आरोप छ । अध्यक्ष थापाले अहिले लोकतन्त्रको आवरणमा धर्म परिवर्तन, सर्वसत्तावाद हावी भएको दाबी गरेका छन् ।

वैशाख ११- २०६३साल आजकै दिन राजा र आन्दोलनकारी दलहरूबिच सम्झौता भएर आन्दोलन अन्त भएको थियो।सम्झौता अनुसार राजाले राजनीतिक...

Posted by Kamal Thapa on Friday, April 23, 2021




  • प्रकाशित मिति : वैशाख ११, २०७८ शनिबार ७:५३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया