logo-img

रक्सीको तलतल मेटाउन स्यानिटाइजर पिउँदा सातजनाको मृत्यु

छिमेकी देश भारतमा स्यानिटाइजर पिउँदा सातजनाको मृत्यु भएको छ। 

रक्सीको तलतल मेटाउन उनीहरुले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि प्रयोग गरिने स्यानिटाइजर पिएको बताइएको छ । 

भारतको महाराष्ट्रको यवतमालमा रक्सी पसल बन्द हुँदा मानिसहरुले स्यानिटाइजर पिएको र त्यसक्रममा ७ जनाको मृत्यु भएको टाइम्स अफ इण्डियाले जनाएको छ।

कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएपछि महाराष्ट्रमा लकडाउन गरिएको थियो । मृत्यु हुने सबैजना मजदुर हुन् । 

रक्सी नपाएपछि उनीहरुले स्यानिटाइजर पिएको प्रहरीलाई उदृत गर्दै समाचार एजेन्सी एएनआईले जनाएको छ। 





  • प्रकाशित मिति : वैशाख ११, २०७८ शनिबार १७:३८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया