२० हजार ठूला अक्सिजन सिलिन्डर किन्ने प्रक्रिया सुरु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० हजार ठूला अक्सिजन सिलिन्डर खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

कोरोना संक्रमणका बिरामीलाई आवश्यक पर्ने अक्सिजनको अभाव हुन थालेपछि मन्त्रालयले थप सिलिन्डर खरिदको प्रक्रिया अगाडि बढाएको हो । 

अक्सिजन सिलिन्डर खरिदका लागि अर्थ र परराष्ट्र मन्त्रालयलाई चिठ्ठी लेखी पठाउने निर्णय गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । 

जतिसक्दो चाँडो खरिद गर्नेगरी प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ । त्यस्तै देशका विभिन्न स्थानमा भएका अक्सिजन प्लान्टलाई पनि चालु अवस्थामा राख्ने गरी तयारी भएको उनले बताए । 

ठूल्ठूला सरकारी तथा निजी अस्पताल आफैंले अक्सिजन उत्पादन गर्ने गरेको भन्दै तिनीहरूको अवस्था कस्तो छ त्यो बारे समेत जानकारी लिने काम भइरहेको उनको भनाइ छ ।
 





  • प्रकाशित मिति : वैशाख १२, २०७८ आइतबार १८:४१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया