जनार्दन शर्माको प्रश्न : के हो राष्ट्रिय समस्या ?
फाइल तस्बिर

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले अहिले भनिँदै आएको राष्ट्रिय समस्या के हो भन्दै प्रश्न गरेका छन् । शर्माले सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रश्न गरेका हुन् । 

उनले के हो राष्ट्रिय समस्या भन्ने प्रश्नसँगै जवाफका दुईवटा विकल्प पनि दिएका छन् । सबैकुरा भन्दा पहिले कुर्सी जोगाउने अभियानमा लागेका नेताहरुलाई उनले प्रश्न गर्दै जवाफ मागेका हुन् । 

शर्माले प्रश्न गर्दै राष्ट्र, राष्ट्रियता, जनता, लोकतन्त्र र संविधानको प्राथमिकताका विषयमा सोधेका छन् । उनले कुर्सी बचाउने कि परिवर्तनको रक्षा गर्ने भन्दै प्रश्न गरेका छन् । 

शर्माले लेखेका छन्, 'के हो राष्ट्रिय समस्या ? परिवर्तनको रक्षा गर्नु या राष्ट्र, राष्ट्रियता, जनता, लोकतन्त्र र संविधान सबैलाई दाउमा राखेर कुर्सीको बचाउ !!'

के हो राष्ट्रिय समस्या ? परिवर्तनको रक्षा गर्नु या राष्ट्र, राष्ट्रियता, जनता, लोकतन्त्र र संविधान सबैलाई दाउमा राखेर कुर्सीको बचाउ !!

Posted by Janardan Sharma on Sunday, April 25, 2021




  • प्रकाशित मिति : वैशाख १३, २०७८ साेमबार १०:९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया