प्रदेशमा कोरोना संक्रमण बढ्दै, सरकार हार्मोनियम बाँड्दै

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै गरिब तथा विपन्नहरुलाई खान लाउन समस्या सुरु भए पनि प्रदेश सरकार भने धार्मिक संघसंस्थाहरूलाई हार्मोनियम बाँड्न व्यस्त भएको छ । 

कोरोना महामारीले विकराल रुप लिए पनि प्रदेश सरकारले यसको रोकथाम एवं नियन्त्रणका लागि खासै पहल नगरे पनि धार्मिक संघसंस्थाहरूलाई हार्मोनियम, मादललगायतका सामग्रीहरु बाँड्न पहल सुरु गरेको हो ।

प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले धार्मिक संघसंस्थाहरूलाई वस्तुगत सहयोगका लागि लाभग्राही छनोटसम्बन्धी ७ दिने सूचना प्रकाशन गरेको देखिएको छ । 

प्रदेशका जनताहरु कोरोना महामारीको चपेटामा परिरहेको अवस्थालाई कुनै ख्याल नै नगरी यस्तो समयमा पनि सो मन्त्रालयले स्वीकृत वार्षिक कार्यक्रम अनुसार धार्मिक संघसंस्था, मठमन्दिर, किर्तनमण्डली, नाट्यकला समूह, गायन मण्डली, नृत्य समूहहरूलाई हार्मोनियम, मादल, झ्यालीलगायतका सामग्रीहरु वस्तुगत सहयोग गर्न लागेको छ । 

जनकपुरधाम उपमहानगरपालिका-७ बस्ने सुभाष गुप्ताले भने, ‘कोरोना महामारीको यस विषम परिस्थितिमा प्रदेशका जनताहरु आफ्नो ज्यान जोगाउन लागिपरेका छन् । प्रदेश सरकारको कुनै भर छैन । तर सरकार भने हार्मोनियम र मादल बाँड्नु हास्यास्पद कुरा हो ।’





  • प्रकाशित मिति : वैशाख १४, २०७८ मंगलबार १८:३३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया