विदेश जानेले सरकारी तथा ए वर्गका प्रयोगशालाबाट मात्रै पिसिआर परीक्षण गर्नुपर्ने

अब विदेश जानका लागि सरकारी तथा ए वर्गका प्रयोगशालामा गरिएको पिसिआर परीक्षण रिपोर्ट मात्र मान्य हुने भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विदेश जानका लागि सबै सरकारी प्रयोगशाला तथा मापदण्डबमोजिमका अस्पतालमा आधारित ‘ए’ वर्गका प्रयोगशालामा गरिएको पिसिआर मात्रै मान्य हुनेछ ।

प्राप्त रिपोर्ट सम्बन्धित व्यक्तिको फोटो र बारकोड वा आइएमयू अनलाइन प्रणालीबाट नाकामै हेर्न मिल्नेगरी उपलब्ध गराइएको रिपोर्ट मात्रै मान्य हुने मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । 

उनले जारी गरेको सूचनामा भनिएको छ, ‘विदेश जाने प्रयोजनको हकमा पिसिआर परीक्षण सबै सरकारी प्रयोगशाला तथा मापदण्डबमोजिमका अस्पतालमा आधारित ए वर्गका प्रयोगशालाबाट मात्र परीक्षण हुने र त्यहाँबाट प्राप्त रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो र बारकोड वा आइएमयू अनलाइन प्रणालीबाट नाकामै हेर्न मिल्नेगरी उपलब्ध गराइएको रिपोर्ट मात्रै मान्य हुने व्यवस्था गर्ने निर्णय भएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ ।’





  • प्रकाशित मिति : वैशाख १५, २०७८ बुधबार १७:१७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया