logo-img

निषेधाज्ञामा फलफूल, तरकारी र अत्यावश्यक वस्तुको निःशुल्क डेलिभरी गर्दै 'ग्यापु'

लोकप्रिय नेपाली इकमर्स कम्पनी ग्यापु मार्केट प्लेसले निषेधाज्ञाको समयमा तरकारी, खाद्यान्न लगायत अत्यावश्यक सामग्रीको निःशुल्क होम डेलिभरी सुरु गरेको छ।

‘यो महामारीको समयमा उपभोक्तालाई भीडभाडमा जान नपर्ने वातावरण सिर्जना गर्न अत्यावश्यक वस्तुको होम डेलिभरी सुरु गरिएको हो।’ ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्का थप्छन्, ‘स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर छिटो, सस्तो र भरपर्दो सेवा दिन हामी लागिपरेका छौँ।’

काठमाडौ उपत्यकामा  माग गरेको २४ घण्टाभित्र निःशुल्क होम डेलिभरी गर्ने काममा टिम खट्ने खड्का बताउँछन्। 

एक वर्ष अगाडि लकडाउनकै बेला जन्मिएको ग्यापुले सुरुवाती दिनमा कालिमाटी बजारको भन्दा सस्तो मूल्यमा तरकारी तथा फलफूल बेचेर छोटो समयमै उपभोक्ताको मन जितेको थियो ।

‘कोरोना कहरमै जन्मेर विषम परिस्थितिमा उपभोक्ताको मन जित्न सफल भएका थियौँ ।’ खड्का भन्छन् ‘फेरि हामीलाई उपभोक्ताको अप्ठ्यारोमा सहयोग गर्ने मौका जुरेको छ।’

ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट Gyapu.com मार्फत अर्डर गर्न सकिन्छ। ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे, सेल पे, खल्ती, आइएमइ पे, कनेक्ट आइपिएस र इ–सेवा मार्फत् भुक्तानी गर्न सक्छन् भने डेलिभरीकै बेला विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुविधासमेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्छन्।





  • प्रकाशित मिति : वैशाख १६, २०७८ बिहीबार १३:४५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया