नैतिकता गुमाएको चरित्रहीन सत्ता हामीलाई चाहिँदैन : भीमार्जुन आचार्य
सरकारको असंवेदनशील रवैयाको साक्षी नबस्‍न आग्रह

देश कोरोना संकटमा परिरहेका बेला भइरहेको सत्ता जोगाउने र ढाल्ने खेललाई लिएर संविधानविद् डा. भीमार्जुन आचार्यले आक्रोश पोखेका छन्। मुलुक नयाँ रोगबाट संक्रमित भइरहेका बेला भइरहेको सत्ताको हानथापलाई लिएर आचार्यले आक्रोश व्यक्त गरेका हुन्। 

आचार्यले सभ्य राजनीतिमा कल्पना पनि गर्न नसकिने शैलीमा सत्ता जोगाउने र फाल्ने घृणित खेल जारी रहेको भन्दै असन्तुष्टि पोखेका हुन्।

'मुलुक नयाँ रोगबाट सङ्क्रमित छ। गरीब, असहाय, राजनीतिक शक्तिमा पहुँच नभएका जनता अतिआवश्यकीय स्वास्थ्य सेवा र अस्पतालको पहुँचबाट समेत बञ्चित छन्', उनले भनेका छन्, 'यस्तो भयावह अवस्थामा जनताका पीर मर्काबारे चिन्तित र संवेदनशील हुनु त कता हो कता, एउटा सभ्य समाज र राजनीतिमा कल्पना पनि गर्न नसकिने तरिकाले सत्ता जोगाउने र फाल्ने घृणित खेलहरू जारी छन्।'

आचार्यले लोकतन्त्रमा केबल वैध तरिकाबाट मात्रै सत्ता प्राप्त हुने राजनीतिक दललाई सम्झाएका छन्। 'लोकतन्त्रमा सत्ता केवल वैध तौरतरिकाबाट मात्र प्राप्त हुन्छ। सञ्चालन पनि त्यही अनुसार नै हुनु पर्दछ। यसको उद्देश्य पनि वैध नै हुनु पर्दछ', उनले भनेका छन्, 'आफ्ना अनैतिक, अराजनैतिक,अपवित्र एवम् अवैध स्वार्थको रक्षाका लागि जेसुकै र जस्तोसुकै हर्कतबाट सत्ता जोगाउने वा सत्ता फाल्ने छुट राज्य सञ्चालकलाई लोकतन्त्रमा हुँदैन।'

समाज र मुलुकको पवित्रताका लागि अहिलेको मूल्य, मान्यता र नैतिकता शून्य राजनीतिको आवश्यकता नै नरहेको बताएका छन्। 'समाज र मुलुकको पवित्रताका लागि कुनै पनि मूल्य नभएको वा नैतिकता शून्य राजनीति वा नेतृत्व हुनु भन्दा त्यस्तो राजनीति अस्तित्वमै नहुनु बढी श्रेयस्कर हुन्छ', उनले थपेका छन्, 'यसबारेमा गम्भीर बनौँ । सरकारको असंवेदनशील रवैयाको साक्षी नबसौँ। आआफ्नो तरिकाले आवाज उठाऔँ।'

मुलुक नयाँ रोगबाट सङ्क्रमित छ। गरीब, असहाय,राजनीतिक शक्तिमा पहुँच नभएका जनता अति आवश्यकीय स्वास्थ्य सेवा र अस्पतालको...

Posted by Bhimarjun Acharya on Thursday, April 29, 2021




  • प्रकाशित मिति : वैशाख १७, २०७८ शुक्रबार १२:१५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया