अष्ट्रेलियाको नयाँ कानुन : भारतबाट फर्कनेलाई पाँच वर्ष जेल सजाय, ६६ हजार डलर जरिवाना

भारतमा कोरोना भाइरस संक्रमण फैलिएसँगै अस्ट्रेलियाले भारतबाट फर्कने आफ्ना नागरिकलाई कडा सजायको व्यवस्था गरेको छ । अस्ट्रेलियाली सरकारले भारतबाट यात्रा प्रतिबन्ध लगाउँदै त्यहाँबाट स्वदेश फर्किए पाँच वर्षसम्मको जेलसजाय दिन सकिने जनाएको छ । 

बिबिसीका अनुसार भारतमा हाल अनुमानित नौ हजार अस्ट्रेलियाली नागरिक छन् । तीमध्ये ६ सयजनालाई अस्ट्रेलिया सरकारले जोखिम समूहमा राखेको छ। अस्ट्रेलियाले यसै साताको सुरुतिर भारतबाट हुने सबै उडानमाथि प्रतिबन्ध लगाएको थियो। 

त्यहाँका स्वास्थ्यमन्त्री ग्रेग हन्टले एक वक्तव्य नै जारी गरेर सोमबारबाट लागू हुने गरी अस्ट्रेलियाले आफ्ना नागरिकलाई स्वदेश फर्कन प्रतिबन्ध लगाइएको बताएका छन् । 

सो नियमको उल्लङ्घन गरेमा पाँच वर्षसम्म जेल सजाय वा ६६ हजार अस्ट्रेलियाली डलर जरिवाना अथवा दुवै सजाय हुन सक्ने पनि अस्ट्रेलियाले जनाएको छ। 

भारतमा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमितको संख्या १ करोड ९१ लाख ६३ हजार ४ सय ८८ पुगेको छ । २ लाख ११ हजार ७ सय ७८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । 





  • प्रकाशित मिति : वैशाख १८, २०७८ शनिबार १८:३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया