सत्ता राजनीतिको केन्द्रमा रहेको दल जसपाले मंगलबार (भोलि) संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ । संसदीय दलमा उपेन्द्र यादव र महन्थ ठाकुरको प्रतिस्पर्धा हुने सम्भावना छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने कि विस्थापन गर्ने भन्नेबारे दुई धार देखिएको जसपाको संसदीय दलमा यसअघि उपेन्द्र यादवको पकड रहेको थियो ।
तर, पछिल्लो समय ठाकुरले आफु्नो पक्षमा बहुमत पुर्याएको बुझिएको छ । यादव पक्षधर सांसदहरु डा. उमाशंकर अरगरिया, विमलप्रसाद श्रीवास्तव, प्रदीप यादव र रुही नाझले ठाकुरलाई साथ दिने ठाकुर पक्षको दाबी छ ।
ती चार सांसदले अध्यक्ष ठाकुरलाई साथ दिएमा उनी भोलि नै संसदीय दलको नेता चयन हुनेछन् ।
जसपाका ३४ सांसदमध्ये दुईजना निलम्बनमा परेका छन् । संसदीय दलकाे अध्यक्षमा चयन हुनका लागि कम्तीमा १७ मत चाहिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।