२४ घण्टामा कैलालीमा ९ जना कोरोना संक्रमितको निधन

पछिल्लो २४ घण्टामा कैलालीमा थप ९ जना कोरोना संक्रमितको निधन भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका-३ की ६१ वर्षीया महिला, धनगढीकै वडा नम्बर १ की ५० वर्षीया महिला, धनगढी-५ का ४३ वर्षीय पुरुष, धनगढी-४ का ८१ वर्षीय पुरुष, धनगढी-१२ की ५० वर्षीया महिलाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।

यस्तै जिल्लाको लम्कीचुहा नगरपालिका-६ की ४२ वर्षीया महिला, बर्दगोरिया गाउँपालिका-६ का ६१ वर्षीय पुरुष, बर्दगोरियाकै वडा नम्बर २ का ५७ वर्षीय पुरुष र कञ्चनपुरको पुर्नवास नगरपालिका-११ का ८६ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले वैशाख ३० गते मध्यरातसम्म निषेधाज्ञा जारी राखेको छ । संक्रमणको साङ्लो तोड्न भन्दै देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी भए तापनि दैनिक संक्रमण र मृत्युको ग्राफ बढिरहेको छ ।





  • प्रकाशित मिति : वैशाख २५, २०७८ शनिबार १६:४८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया