कर्णाली प्रदेश : विकास खर्चको आधा रकम काटेर कोरोना नियन्त्रणमा
फरकधार / २८ बैशाख, २०७८

कर्णाली प्रदेशमा कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले एक अर्ब रकम छुट्याएको छ । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच मंगलबार भएको भेटघाटमा शाहीले उक्त जानकारी दिएका हुन् । 



प्रदेश प्रमुखको कार्यालयमा भएको भेटमा कलौनीले कोभिड-१९ नियन्त्रण र प्रतिकार्यका लागि प्रदेश सरकारले गरिरहेका प्रयास र गतिविधिको बारेमा चासो व्यक्त गरेका छन् ।

भेटमा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय, विभिन्न अस्पतालहरू तथा स्थानीय सरकारसँग सहकार्य गरी कोभिडको महामारी फैलिन नदिने गरी प्रयास गरिरहेको बताए ।



कोभिड-१९ रोकथाम, नियन्त्रण, उपचार, प्रतिकार्य तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन गरेको मुख्यमन्त्री शाहीले बताए । कोभिड रोकथामका लागि विनियोजन गरेको कुल बजेटमध्ये आधा अर्थात् ५० करोड विकास खर्चबाट रकमान्तर गरेको समेत बताए ।  प्रदेश प्रमुख कलौनीले परीक्षण दर बढाउन, संक्रमितको उपचारमा सहज बनाउन सुझाव दिएका छन् ।



  • प्रकाशित मिति : बैशाख २८, २०७८ मंगलबार १८:३:११,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया