logo-img

अक्सिजनका विषयमा प्रहरीलाई जोडेर भ्रम फैलाएको भन्दै प्रहरी मुख्यालयको आपत्ति

अक्सिजन ग्यासका विषयमा प्रहरीलाई जोडेर गरिएको प्रचार झुटो रहेको दावी प्रहरीले गरेको छ ।  प्रहरी महानिरीक्षक(आइजिपी)को सचिवालयले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीले जबरजस्ती व्यक्तिगत प्रयोजनका लागि सिलिण्डर लैजाने गरेको भनी भएका प्रचार गलत भएको प्रस्टिकरण दिएको छ। 

‘नेपाल प्रहरी विरुद्ध केही व्यक्तिगत आवेगमा लेखिएका भनाइ र सत्य रहित सूचना सामाजिक सञ्जालमा अनर्गल प्रचारप्रति प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यान आकृष्ट भएको छ’ विज्ञप्तिमा भनिएको छ । 

अस्पतालहरुमा अक्सिजनको कमी हुन नदिन र संक्रमितको ज्यान बचाउनका लागि लागि क्रियाशील रहेको प्रहरीलाई जोडेर गरिएको प्रचारको भ्रममा नपर्न आग्रह गरिएको छ ।  

कठिन परिस्थितिमा खटिएको संगठनमाथि भ्रामक प्रचार गर्नु दुखद् रहेको प्रहरी नायब महानिरीक्षक प्रकाश अधिकारीको भनाइ छ । 

नायब महानिरीक्षक  अधिकारीले भनेका छन् विषम घडीमा पनि निष्ठतापूर्वक अहोरात्र खटिने संगठनमाथि यस्ता भ्रामक, अतिरञ्जित आरोप लगाइनु, सामाजिक सञ्जालमा प्रचार र प्रचारित हुनु आफैँमा दुखद् रहेको छ’ 

प्रहरी मुख्यालयले आरोपको खण्डन गरेपनि आरोप लगाइएको वा प्रचार गरिएको कुरा के हो भने खुलाएको छैन। 



प्रचार भएको कुरा के हो ? 



चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत सञ्चालित ट्रमा सेन्टरका निर्देशक सन्तोष पौडेलले फेसबुकमा गरेको एउटा पोस्ट अहिले निकै भाइरल बनिरहेको छ । उनले त्यो पोस्टमा ट्रमा सेन्टरमा उपचाररत बिरामीलाई अक्सिजनको अभाव भएको बेला आफूलाई ल्याउन ठिक्क पारेको अक्सिजन प्रहरीका ठूलो मान्छे आएर लगेको जानकारी ग्यास कम्पनीले दिएको बताएका थिए । 

यसले गर्दा भेन्टिलेटरमा उपचाररत बिरामी जोखिममा परेको पौडेलले गुनासो पौडेलले गरेका थिए । त्यो घटनाबारे गृहसचिव फोन गरेर जानकारी गराउँदा उनी म बुझ्छु भन्दै पन्छिएको डा. पौडेलको आरोप छ । 

अहिले पौडेलले स्टाटस हटाइसकेका छन् । तर धेरैले त्यो सेयर गर्दै देशको अवस्थाप्रति खेद प्रकट गरेका छन् । 

 

  • प्रकाशित मिति : वैशाख ३१, २०७८ शुक्रबार १५:२१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया