'हाम्रो मेडिकल सेवा'ले घरमै पिसिआर परीक्षण गर्दै
औषधि पुर्‍याउँदै, कोभिड उपचार पनि गर्ने

काठमाडौँः कोरोना महामारीबीच 'हाम्रो मेडिकल सेवा'ले सेवाग्राहीको लागि घरमै गएर पिसिआर परिक्षण र कोभिडको उपचार व्यवस्थापन सुरु गरेको छ । 

विभिन्न मेडिकल परीक्षणको घरबाटै सुविधा लिन सकिने र औषधि मगाउन समेत सकिने हाम्रो मेडिकल सेवाका प्रबन्धक सरोज महतोले बताए ।  

हेल्थ सेफ्टी बक्स, रक्तचाप परिक्षण मेसिन, अक्सिमिटर, थर्मोमिटर, ह्यान्ड स्यानिटाइजर, व्हिलचियर, विरामीको लागि बेड लगायतका स्वास्थ्य सामाग्री घरैमा पनि मगाउन सकिने महतोले बताए।

त्यस्तै निम्न आय भएका सेवाग्राहीलाई भने यो सेवा निःशुल्क प्रदान गरिने महतोले बताए। विभिन्न प्याथोलोजी ल्याब, मेडिकल सेन्टर तथा अस्पतालसँगको सहकार्यमा यो सेवा प्रदान गरिँदै आएको महतोले बताए।

हाम्रो मेडिकल सेवाले देशभरका सेवाग्राहीलाई मध्यनजर गर्दै फोन र सामाजिक संजालमा भिडियो कल गरेर टोली-मेडिकल सेवा पनि व्यवस्था गरेको छ।

कुनै पनि मेडिकल सेवाको लागि सेवाग्राहीले ९८४३३४६६०५ मा फोन गरेर वा भाइबर, ह्वाट्सएपमार्फत् पनि सम्पर्क गर्नसक्ने बताइएको छ। 



हाम्रो मेडिकल सेवा छुट्टै पोलि क्लिनिक, अस्पताल वा मेडिकल सेन्टर नभई, एउटा टिम हो जसले मेडिकल क्षेत्रका सरोकारवाला संस्थाहरुको समन्वयमा स्वास्थ्य सेवालाई घरघरमा पुर्‍याउने काम गर्दछ । आगामी दिनमा मेडिकल सेवा र सुविधालाई देशभर विस्तार गर्ने योजना रहेको महतोले बताए।



  • प्रकाशित मिति : जेठ ३, २०७८ साेमबार १३:३५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया