उपत्यकाका बढी संक्रमित टोल-टोलमै परीक्षण गरिने

कोरोना संक्रमणको अवस्था बुझ्न सरकारले टोल-टोलमा परीक्षण गर्ने भएको छ ।

बढी संक्रमित देखिएका स्थानहरुमा महानगरपालिकाको सहकार्यमा एन्टिजेन परीक्षण गरिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले बताए । उनका अनुसार मंगलबारबाट काठमाडौंका असन, न्युरोड, डिल्लीबजार, बालुवाटार कोटेश्वर तथा भक्तपुरको भक्तपुर दरबार स्क्वायर र ललितपुरको पाटन दरबार स्क्वायर लगायतका स्थानमा परीक्षण गरिनेछ । 

समुदायमा संक्रमणको अवस्था  बुझ्न टोल-टोलमै कोरोना परीक्षण गर्न लागिएको पौडेलले बताए ।

पौडेलका अनुसार एन्टिजेन मार्फत् घनाबस्ती तथा धेरै संक्रमित भएका टोलमा स्वास्थ्यकर्मी पुगी दिनको १ हजार जनाको कोरोना परीक्षण गरिने छ ।





  • प्रकाशित मिति : जेठ ३, २०७८ साेमबार १८:२०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया