देउवाले भने : कोरोनाको तेस्रो लहर आउन सक्छ, बालबालिकालाई खोप दिनू

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्नेतर्फ सरकारलाई सचेत गराएका छन्। कोरोनाको तेस्रो लहरले बालबालिकालाई असर गर्ने भन्‍ने विज्ञको भनाइप्रति उनले सरकारको ध्यानाकर्षण गराएका छन्। 

उनले मंगलबार सामाजिक सञ्जालमार्फत सरकारलाई केन्द्र र सात वटै प्रदेशमा बालबालिकालाई लक्षित गरी अस्पतालमा विशेष वार्ड-आइसीयुलगायत तयारी गर्न आग्रह गरेका छन्। 

पूर्वप्रधानमन्त्री देउवाले १२ वर्षमाथिका बालबालिकालाई खोप शुरु गर्ने विषयमा पनि प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गरेका छन्। 


 





  • प्रकाशित मिति : जेठ ४, २०७८ मंगलबार २०:३७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया