इजिप्टको मध्यस्थतामा इजरायल-प्यालेस्टाइन युद्धविराम, जनतामा खुसी

इजरायली सेना र प्यालेस्टाइनको गाजामा कब्जा जमाएका हमास विद्रोही समूहबीचको रकेट युद्ध रोकिएको छ । लगातार ११ दिनसम्म जारी रहेको रकेट युद्ध तत्कालका लागि रोकिएको हो । 

इजिप्टको मध्यस्थतामा इजरायली सेना र हमास विद्रोही समूह युद्धविरामका लागि तयार भएका हुन् । यससँगै गाजाको आकासमा ११ दिनदेखि जारी रकेटको दोहोरो प्रहार रोकिएको छ । 

गाजामा भएको युद्धका क्रममा प्यालेस्टाइनतर्फ २३२ जना र इजरायलतर्फ १२ जनाको निधन भएको अलजजिराले लेखेका छ । इजिप्टले प्रस्ताव गरेको सर्त बिनाको युद्धविराम इजरायलको सुरक्षा परिषद्ले पारित गरेपछि आक्रमण रोकिएको छ । 

इजरायली सेना र हमास विद्रोही समूहको हतियारधारी समूह 'प्यालेस्टाइन इस्लामिक जिहाद' युद्धविरामका लागि सहमत भएपछि शुक्रबार बिहान (गएराति) २ बजेदेखि लागु भएको छ । 

युद्धविराम भएसँगै गाजाका स्थानीयमा हर्षोल्लास छाएको छ । लगातार ११ दिनदेखि मृत्युको त्रासमा बाँचिरहेकाहरुले युद्धविराममा सहमति भएको खबरसँगै सडकमा उत्रिएर खुसी मनाएका छन् । 





  • प्रकाशित मिति : जेठ ७, २०७८ शुक्रबार ८:५१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया