logo-img

एमालेबाट निकालिएपछि रामकुमारी झाँक्रीले भनिन्-बालै फरर

पार्टी अध्यक्ष ओलीले एमालेबाट निष्काशन गरेपछि नेत्री रामकुमारी झाँक्रीले छोटो र घुमाउरो तरिकाले प्रतिक्रिया दिएकी छिन् । 

गएराति उनले ट्विटरमा आफ्ना भनाइ राख्दै  देउरालीको चौतारीमा हावा सरर......बगाएर लाने भो माया तिमीलाई बालै फरर.... भनेकी छिन् । 

उनले भन्न खोजेको स्पष्ट नभए पनि पार्टीबाट निष्काशनको निर्णयले आफूलाई कुनै असर नपरेको भन्न खोजेको देखिन्छ।

पहिलो पटक प्रतिनिधिसभा विघटन गर्नुअघि देखि नै झाँक्री प्रधानमन्त्री ओलीका गतिविधि र सरकारको कडा आलोकका रुपमा प्रस्तुत हुँदै आएकी थिइन् । 

गत पस ५ गते ओलीले संसद विघटन गरेपछि उनी त्यस कदम विरुद्धको अभियानमा देशका विभिन्न ठाउँमा पुगेकी थिइन्  । गोरखामा पुगेर उनले राष्ट्रपतिबारे दिएको अभिव्यक्तिका विरुद्ध ओली समूहका व्यक्तिहरुले प्रहरीमा उजुरी नै गरेका थिए । 

अपराध महाशाखाको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । उनलाई पक्राउ गरेपछि तत्कालीन नेकपामा प्रचण्ड–माधव नेपाल पक्षका नेता कार्यकर्ताहरूको व्यापक दवावपछि केही घण्टामा झाँक्री छुटेकी थिइन् ।  





  • प्रकाशित मिति : जेठ ११, २०७८ मंगलबार ८:६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया