logo-img

प्रधानन्यायाधीशलाई मध्यराति प्रम निवास बोलाउनु र विदेशी दूत भेट्नु राम्रो संकेत होइन : बाबुराम

जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले प्रधान न्यायाधीशलाई प्रधानमन्त्रीले मध्यरातमा निवास बोलाउने र विदेशी दूतले पटक–पटक भेट्ने कुरा लोकतन्त्रका लागि राम्रो संकेत नभएको बताएका छन् । 

मंगलबार बिहान सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन् । खिलराज रेग्मीलाई जस्तै अहिलेको प्रधानन्यायाधीशलाई पनि चुनावी सरकारको प्रधानमन्त्री बनाउने तयारीको उनले यसलाई अथ्र्याएका छन् ।

‘खिलराज रेग्मी प्रकरण अन्तरिम संविधान कालको अपवाद हो’ भट्टराईले भनेका छन् त्यो नियम/नजिर बन्न सक्दैन।’ राज्यका प्रमुख अंग धुजा-धुजा पारेर संविधान र लोकतन्त्र मास्ने खेल पूरा गर्न दिन नहुने उनको भनाइ छ। 





  • प्रकाशित मिति : जेठ ११, २०७८ मंगलबार ८:२७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया