logo-img

आफूले कुनै गल्ती नगरेको भन्दै भीम रावलले हटाए हिजोको ट्विट

सोमबार मात्रै केपी पार्टीबाट निकालिएका एमाले नेता भीम रावलले सोमबार गरेको आफ्नो ट्विट हटाएका छन् । सरकारले नागरिकता अध्यादेश ल्याउने वित्तिकै वीरगन्जमा नागरिकता लिन भीड लागेको  र भारतबाट समेत ठूलो संख्यामा मान्छेहरु आएको भन्दै सोमबार उनले ट्विट गरेका थिए । 

मंगलबार बिहान अर्काे ट्विट गर्दै त्यो पुरानो भिडियो भएको भनी विभिन्न व्यक्ति तथा माध्यमबाट आफूलाई जानकारी आएकाले बताएका छन् । 

रावलले यसरी जानकारी दिनेलाई धन्यवाद दिँदै आफूले यस विषयमा गरेको ट्विट हटाएको बताएका छन् । ‘उक्त समाचार पुरानो भनी ध्यान आकर्षित गराउनु हुने सबैलाई धन्यवाद दिँदै मेरो त्यो ट्वीट हटाउने जानकारी गराउँछु’ रावलले भनेका छन् । 

तर आफूले वीरगन्जमा नागरिकता लिनेको भीड देखियो भन्ने समाचार आयो सरकारले जनतालाई जवाफ देओस् भनेर सोध्नु गलत नभएको दावी रावलको छ । ‘सरकारले जनतालाई जवाफ देओस् भनेर सोध्नु कुनै गलत कुरा होइन । सरकारले प्रष्ट पारे भइहाल्यो’ उनले भनेका छन् । 





  • प्रकाशित मिति : जेठ ११, २०७८ मंगलबार ९:५९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया