दोस्रो पटक प्रतिनिधिसभा विघटन भएसँगै जनता समाजवादी पार्टी नेपालको विवाद उत्कर्षमा पुगेको छ । जसपामा अहिले अध्यक्षद्वय महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्ष बीचको विवाद कारबाहीसम्म पुगेको छ ।
यसैक्रममा जसपाका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरीत कार्य गर्दै हिँडेको भन्दै यादवलाई अनुशासनको कारबाहीको व्यवस्था अनुसार स्पष्टीकरण सोधेका हुन् ।
ठाकुरले मंगलबार अर्का अध्यक्ष यादवलाई पार्टीले स्पष्टीकरण सोधेको ७ बुँदे पत्र पठाएका छन् । स्पष्टीकरणमा लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरुलाई निष्काशन गरेको, विपक्षी कांग्रेस र माओवादीसँग मिलेर सर्वाेच्च अदालतमा संसद पुनर्स्थापनाको माग गर्दै रिट दायर गर्न गएको जस्ता विषयमा प्रश्न सोधिएको छ ।
पार्टीको विधानको दफा ४९ अनुसार अनुशासनको कारबाही सम्बन्धी व्यवस्था अनुसार सोधिएको उक्त स्पष्टीकरणको जवाफ ३ दिनभित्र पार्टी कार्यालयमा पठाउन भनिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।