आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै सरकार

सरकारले आज शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने भएको छ । आज २ बजे अर्थ मन्त्रालयमा अर्थ मन्त्री विष्णु पौडेलले भर्चुअल माध्यमबाट आर्थिक सर्वेक्षण सार्वजनिक गर्न लागेका हुन् । स्वास्थ्य संवेदशनशीलतालाई विशेष ध्यानमा राखी लाइभ गर्ने पत्रकार र फोटो पत्रकारलाई आवश्यकताअनुसार कार्यक्रममा प्रत्यक्ष सहभागी गराउने र अन्यलाई भर्चुअल माध्यमबाट जोडिने मन्त्रालयले जनाएको छ ।  

के हो आर्थिक सर्वेक्षण ?

बजेट सार्वजनिक गर्नुभन्दा एक दिन अगाडि आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने गरिएको छ । आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको फागुनसम्मको प्रमुख आर्थिक गतिविधि, समग्र आर्थिक स्थिति, प्रमुख आर्थिक सूचक तथा परिसूचकहरूको अवस्था र विश्लेषण समावेश हुन्छ ।

आर्थिक सर्वेक्षणमा विशेषतः समग्र आर्थिक स्थिति, प्रादेशिक आर्थिक तथा सामाजिक स्थिति, सार्वजनिक वित्त, मूल्य विश्लेषण, वित्तीय क्षेत्र, बाह्य क्षेत्र, गरिबी निवारण र रोजगारी, कृषि वन तथा भूमिसुधार लगायतका शीर्षक रहन्छन् ।

त्यस्तै उद्योग वाणिज्य आपूर्ति पर्यटन, आवास तथा सहरी विकास, वातावरण र ऊर्जा, भौतिक पूर्वाधार यातायात र सञ्चार, सामाजिक क्षेत्र, पुनर्निर्माण, सुशासन, प्रशासन, लगायतका शीर्षक पनि रहन्छन् । त्यस्तै कोरोना महामारी आएपछि अघिल्लो आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा राहतको शीर्षक पनि समावेश थियो । यस पटक पनि सो शीर्षक समावेश हुनेछ ।

त्यस्तै आर्थिक सर्वेक्षणमा यी शीर्षकसँग सम्बन्धित परिसूचक र अनुसूची पनि समावेश हुन्छन् । यससँग सम्बन्धी दर्जनौं चार्ट तथा ग्राफ सर्वेक्षणमा समावेश हुन्छ ।  



सामान्यतया अर्थमन्त्रीले आर्थिक सर्वेक्षणको कार्यकारी सारांश मात्र वाचन गरेर सुनाउने र मुख्य पुस्तक भने मन्त्रालयको वेबसाइटमा अपलोड गरी सार्वजनिक गर्ने गरिएको छ ।

आर्थिक सर्वेक्षणसँगै सरकारले आज पहेँलो किताब पनि सार्वजनिक गर्ने भएको छ । पहेँलो किताबमा भने सरकारी संस्थानको वित्तीय अवस्थाको बारेमा उल्लेख गरिएको हुन्छ ।



  • प्रकाशित मिति : जेठ १४, २०७८ शुक्रबार १३:०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया