कोरोना संक्रमितका लागि प्रभावकारी औषधि ‘टोसिलिजुम्याब’ नेपाल भित्रियो

कोरोनाका गम्भीर बिरामीका लागि प्रयोग हुने औषधि ‘टोसिलिजुम्याब’ नेपाल भित्रिएको छ । औषधि व्यवस्था विभागको सिफारिसमा एतिचेम डिस्ट्रिब्युटर प्रा.लि.ले ५०० भाइल ‘टोसिलिजुम्याब’ ल्याएको हो । 

कोरोना संक्रमित बिरामीको उपचारका लागि यो औषधि जीवनदायी नै बनेको देखिएको छ । विज्ञहरूले समेत ‘टोसिलिजुम्याब’ लाई प्रभावकारी रहेको बताएका छन् । 

टोसिलिजुम्याबको एक भाइलको मूल्य ५९ हजार ८५० रुपैयाँ पर्ने विभागले जनाएको छ । यो औषधि चिकित्सकको सिफारिस अनुसार मात्रै उपलब्ध हुनेछ । 

कुनै पनि बिरामीको लागि चिकित्सकले एक पटकमा एक भाइल मात्र र बढीमा एक बिरामीलाई दुई पटक गरी दुई भाइल मात्र सिफारिस गर्न सकिने विभागले जनाएको छ ।
 
औषधि खरिद गर्न जाँदा बिरामी भर्ना भएको अस्पतालको सिफारिस पत्रमा कोभिड–१९ अस्पतालको आधिकारिक चिकित्सकको नाम र हस्ताक्षरसहित फोन नम्बर हुनुपर्ने छ ।

त्यस्तै, बिरामी पुर्जा, कोरोनाको पिसिआर परीक्षणको पोजेटिभ रिपोर्ट र औषधि खरिद गर्न आउने आफन्तको फोन नम्बर र फोटोसहितको परिचयपत्र अनिवार्य देखाउनुपर्ने विभागले जनाएको छ । 



यो इन्जेक्सन निमोनिया सुरु हुनासाथ बिरामीलाई दिन पाएको खण्डमा कोरोना भाइरसले फोक्सोमा इन्फेक्सन गर्ने सम्भावना एकदम कम हुने चिकित्सकहरूको भनाइ छ । 

चिकित्सकहरूका अनुसार टोसिलिजुम्याबको प्रयोगले कोरोना संक्रमितको फोक्सोमा भाइरसको असर कम गर्ने भएकाले यसको प्रयोगमार्फत कोभिडका बिरामीलाई बचाउन सकिने सम्भावना बढी हुन्छ । 



  • प्रकाशित मिति : जेठ १५, २०७८ शनिबार ९:३५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया