रियल मड्रिडको नयाँ प्रशिक्षक बने एन्सेलोट्टी

इटालियन प्रशिक्षक कार्लो एन्सेलोट्टी फेरि ला लिगा फर्किएका छन् । उनले स्पेनिस क्लब रियल मड्रिडको मुख्य प्रशिक्षकको जिम्मेवारी लिँदै ला लिगामा पुनरागमन गरेका हुन् । 

रियलले मंगलबार आफ्ना पूर्व प्रशिक्षक एन्सेलोटीलाई नयाँ मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । यसअघि मुख्य प्रशिक्षक जिनेदिन जिदानले क्लब छाडेपछि रियलले पूर्व प्रशिक्षक एन्सेलोटीलाई क्लब फर्काएको हो ।

एन्सेलोटीले रियलसँग तीन वर्षको सम्झौता गरेका छन् । उनी सन् २०२४ सम्म रियलको मुख्य प्रशिक्षक भएर ला लिगामा रहने छन् ।

६१ वर्षीय अनुभवी प्रशिक्षक एन्सेलोट्टी पछिल्लो समय इंग्लिस क्लब एभर्टनको मुख्य प्रशिक्षक रहेका थिए । यसअघि एन्सेलोट्टीले सन् २०१३ देखि १५ सम्म रियलको टिम सम्हालेका थिए ।

त्यसअघि उनले इटालियन क्लब नापोलीको मुख्य प्रशिक्षकका रुपमा काम गरेका थिए । एन्सेलोट्टी तीन पटक च्याम्पियन्स लिग जित्ने तेस्रो प्रशिक्षक हुन् । उनले रियल मड्रिड र एसी मिलानमा रहँदा सो सफलता हात पारेका थिए ।

उनले यसअघि युभेन्टस्, एसी मिलान, चेल्सी, पिएसजी र बायर्न म्युनिखको प्रशिक्षक भएर काम गरिसकेका छन् ।



 



  • प्रकाशित मिति : जेठ १९, २०७८ बुधबार ६:५८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया